Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

असार अगावै विकासे योजना सम्पन्न गर्न विशेष रणनीति अपनाएका छौ : अधिकृत सोडारी (कुराकानी सहित)


मंगलसेन नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले आर्थिक वर्षमा सञ्चालित विकास निर्माणका कार्य असार अगावै सम्पन्न गरिसक्ने बताएका छन् ।

यस आर्थिक वर्षमा नगरपालिकामा कार्यान्वयनको चरणमा रहेका विकास निर्माणका योजना असार अगावै सम्पन्न गर्ने बताएका हुन् ।

मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सोडारीले नगरमा रहेका साना ठुला तथा गौरवका योजनाको कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएका छन् ।

मंगलसेन जोड्ने सडकको १८ सय मिटर कालोपत्रे, बस्ती स्वास्थ्य चौकी निर्माण, खानेपानी, पर्यटन पूर्वाधार, कृषी, आलु पकेट लगायतका कामको लगभग ७० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी रहेका योजनाका काम समयमै सम्पन्न गर्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई निर्देशन दिइएको बताए ।

रेडियो बान्नीगढीसंगको संक्षिप्त कुराकानीका क्रममा अधिकृत सोडारीले यस आर्थिक वर्षको माघ मसान्तसम्म मंगलसेन नगरपालिकामा करिब ४० प्रतिशत बजेट खर्च भएको बताएका छन् । आर्थिक वर्षमा सञ्चालित बजेट ६६ करोड १४ लाख ४ हजार ७ सय ८२ रुपियाँ मध्य ४०।५ प्रतिशत चालु तर्पm बजेट खर्च भएको बताइएको छ ।

कुल बजेट मध्य चालु तर्फ ४७ करोड ५० लाख ९९ हजार विनियोजन गरिएकोमा चालु तर्फ हालसम्म ४२ प्रतिशत बजेट खर्च भएको छ । यस्तै पुँजीगत तर्फ १८ करोड ६३ लाख पाँच हजार ७ सय ८२ रुपियाँ विनियोजित गरिएकोमा हालसम्म करिब ३५ प्रतिशत बजेट खर्च भएको जानकारी दिए ।

यो आर्थिक वर्षका विकास निर्माणका योजना असार अगाबैे सम्पन्न गर्न नगरले विशेष रणनीति अपनाइएको बताउँदै अघिल्लो वर्षको तुलनामा यस वर्षमा विकास निर्माण लगायतका काम सम्पन्न हुने कुरामा नगर विश्वस्त रहेको उनको भनाई छ ।

कुराकानी :


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode