Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कानूनी सचेतना तथा साक्षरताका लागि कालिकामा अन्तर्क्रिरया


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकामा कानूनी सचेतना तथा कानूनी साक्षरताका लागि १ दिने अन्तर्क्रिरया कार्यक्रम गरिएको छ ।

समुदायमा नागरिकलाई कानून र न्यायिक समितिले दिने सेवाप्रवाहको बारेमा जानकारी दिन अन्तर्क्रिरया हो । अन्तर्क्रिरया कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेकबहादुर साउदले नेपालको संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न गाउँपालिका पछि नपर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले न्याय पाउन नसकाका मान्छेलाई कानुनी कटघरामा उभ्याउन र पिडितलाई न्यायको अनुभूति दिन गाउँपालिका पछि नपर्ने कुरामा जोड दिएका छन् ।

समाजमा बिभिन्न समस्याले जडो गाडेको बताउँदै यसको समाधान तर्फ पालिका सचेत भएको बताएका छन् ।

यस्तै तथा न्यायिक समिति संयोजक बिन्दु रावलले स्थानीय तहमा निर्माण भएको न्यायिक समितिले न्यायदिने कुरामा कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाएकी छन् ।

उपाध्यक्ष रावलले नागरिकका लागि सबैभन्दा सर्वोपरि कानून भएकाले सबैले कानुनको पालना गर्नुपर्ने तर्फ सबैलाई सचेत गराउँदै पालिकाका ६ वटै वडामा कानूनी सचेतनाका कार्यक्रम सञ्चालन गरिएको जानकारी गराएकी छन् ।

बान्नीगढी जयगढ गाउँपालिकाको आयोजनामा भएको अन् वडा नम्बर ५ कालिकाका अध्यक्ष टंक बहादुर साउँदको अध्यक्षतामा भएको अन्तर्क्रिरया कार्यक्रमका अन्य अतिथिमा गाउँपालिका प्रवक्ता मोहनमान ताम्रकार,कार्यपालिका सदस्य तर्क टमटा लगाएतको सहभागिता रहेको थियो ।

अन्तर्क्रिया कार्यक्रमको सहजीकरण गाउँपालिका नायब सुब्बा सूचना अधिकारी तिलक ठकुल्ला र रोजगार संयोजक गणेश सुनारले गरेका थिए भने कार्यक्रमको सञ्चालन कालिका वडा सचिव खकेन्द्र साउदले गरेका थिए ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode