Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बडवाइजर बियर कम्पनीको मनपरी

अछामका बजारमा म्याद गुज्रेका बडवाइजर बियर छ्याप छ्याप्ती


अछामका व्यापारिक केन्द्रमा म्याद गुज्रेका बडवाइजर बियर छ्याप छ्याप्ती रहेको पाइएको छ ।

सदरमुकाम सहित जिल्लाका विभिन्न बजारहरूमा संचालित होटेल तथा मदिरा पसलहरूमा म्याद गुज्रेका बडवाइजर बियरहरू छ्याप छ्याप्ती रहेको पाइएको हो ।

जिल्ला सदरमुकाम मंगलसैनको एक होटेलमा बियर खरिद गरी सेवन गर्ने क्रममा म्याद गुज्रेका बियरहरू भेटिएपछि बुडवाइजर कम्पनीको गम्भीर लापरबाही सतहमा आएको छ ।

जिल्ला सदरमुकामको एक होटेलमा बिहीबार ३१ अगस्त २०२२ उत्पादन मिति र २७ फेब्रुअरी २०२३ वेस्ट बिफर मिति रहेका बियरहरू भेटिएका छन् ।

फेब्रुअरी २७ गते उपभोगयोग्य मिति सकिने थाहा पाएरै बियर कम्पनीका बजार व्यवस्थापक तथा डिलरहरूले केही दिन अधि मात्रै ठुलो मात्रामा बियरहरू व्यापारीलाई थमाएको बताइएको छ ।

तिँ कम्पनीका आधिकारिक डिलर तथा बजार व्यवस्थापकले जानाजान म्याद सकिनु अघि बजारमा बिक्रीका लागी पठाएको स्रोतको दाबी छ ।

आन्तरिक राजश्व कार्यालयको स्टिकर सहित उपभोग्य मिति गुज्री सकेको बडवाइजर कम्पनीका बियर :-

म्याद गुज्रेका बडवाइजर कम्पनीका बियरहरू बजारमा छ्याप छ्याप्ती भेटिएसँगै अछाममा बजार अनुगमनको अवस्था उदाङ्गो भएको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode