Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बडवाइजर बियर कम्पनीको मनपरी

अछामका बजारमा म्याद गुज्रेका बडवाइजर बियर छ्याप छ्याप्ती


अछामका बजारमा म्याद गुज्रेका बडवाइजर बियर छ्याप छ्याप्ती

अछामका व्यापारिक केन्द्रमा म्याद गुज्रेका बडवाइजर बियर छ्याप छ्याप्ती रहेको पाइएको छ ।

सदरमुकाम सहित जिल्लाका विभिन्न बजारहरूमा संचालित होटेल तथा मदिरा पसलहरूमा म्याद गुज्रेका बडवाइजर बियरहरू छ्याप छ्याप्ती रहेको पाइएको हो ।

जिल्ला सदरमुकाम मंगलसैनको एक होटेलमा बियर खरिद गरी सेवन गर्ने क्रममा म्याद गुज्रेका बियरहरू भेटिएपछि बुडवाइजर कम्पनीको गम्भीर लापरबाही सतहमा आएको छ ।

जिल्ला सदरमुकामको एक होटेलमा बिहीबार ३१ अगस्त २०२२ उत्पादन मिति र २७ फेब्रुअरी २०२३ वेस्ट बिफर मिति रहेका बियरहरू भेटिएका छन् ।

फेब्रुअरी २७ गते उपभोगयोग्य मिति सकिने थाहा पाएरै बियर कम्पनीका बजार व्यवस्थापक तथा डिलरहरूले केही दिन अ मात्रै ठुलो मात्रामा बियरहरू व्यापारीलाई थमाएको बताइएको छ ।

तिँ कम्पनीका आधिकारिक डिलर तथा बजार व्यवस्थापकले जानाजान म्याद सकिनु अघि बजारमा बिक्रीका लागी पठाएको स्रोतको दाबी छ ।

आन्तरिक राजश्व कार्यालयको स्टिकर सहित उपभोग्य मिति गुज्री सकेको बडवाइजर कम्पनीका बियर :-

म्याद गुज्रेका बडवाइजर कम्पनीका बियरहरू बजारमा छ्याप छ्याप्ती भेटिएसँगै अछाममा बजार अनुगमनको अवस्था उदाङ्गो भएको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode