Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा मिसन ग्रास रुट

व्यक्तिवादी चिन्तन र विसङ्गति मौलाउँदा पार्टी समस्यामा पर्‍यो : ओली


नेकपा एमाले पोलीट ब्युरो सदस्य गौरी ओलीले वर्तमान अवस्थामा पार्टी भित्रका केही व्यक्तिहरूका कुण्ठा र सङ्गठनात्मक तिक्तताका कारण पार्टीले यो स्थिति बेहोर्नु परेको औँल्याएकी छन् ।

पार्टीमा व्यक्तिवादी चिन्तन र विसङ्गति मौलाएकाले निर्वाचनमा पार्टीले सोचे अनुरूप नतिजा हासिल गर्न नसकेको उनको भनाई छ ।

नेकपा एमालेको मिसन ग्रास रुट अभियान अन्तर्गत बान्निगढी जयगढ गाउँपालिकामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले पार्टी भित्र चरम अवसरवाद र सङ्गठनात्मक,तिक्तता देखिएकाले अराजकताको निरूपण गर्न मिसन ग्रास रुट अभियानको थालनी गरिएको उल्लेख गरिन् ।

चुनावताका नेकपा एमालेका सबै उम्मेद्वार तथा प्रतिनिधि जनताका घरघर सम्म पुग्न नसकेकाले जनताका समस्याको जानकारी लिन, आत्म केन्द्रित भावनाबाटै जनतासँग सम्बन्ध सुधार गर्न मिसन ग्रास रुटले टेवा पुर्‍याउने कुरामा पार्टी विश्वस्त रहेको उनले उल्लेख गरेकी छन् ।

दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने मूल नारा सहित सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा देशमा एमालेको भूमिका,र अवस्था, नीति, सिद्धान्त,र पार्टीले आगामी दिनमा लिने रणनीतिका जानकारी गराईएको थियो ।

अभिमुखीकरण कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कमलराज तिमिल्सिना, प्रदेश सदस्य डी.बी साउद, हंश बहादुर बिस्ट,नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा नेकपा लगायत पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

गाउँपालिका सङ्गठन कमिटी अध्यक्ष हर्क बहादुर साउदको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा तर्क बहादुर ठकुल्लाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कमिटी सचिव लोग बहादुर ठकुल्लाले गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode