Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कुनै पनि खाले हिंसा सहेर नबस्न गाउँपालिका उपाध्यक्ष रावलको आग्रह

बान्नीगढीमा कानुनी सचेतना तथा साक्षरता कार्यक्रममा जोड


बान्नीगढी जयगढ गाउँपालिकामा कानुनी सचेतना तथा साक्षरता कार्यक्रममा जोड दिइएको छ ।

नागरिकलाई वर्तमान ऐन,कानुन र न्यायिक समितिका काम कर्तव्यबारे जागरण फैलाउन कार्यक्रममा जोड दिइएको हो ।

जस अन्तर्गत बुधवार गाउँपालिकाको वडा नम्बर २ जनालीकोटमा कानुनी सचेतना तथा साक्षरताका लागी स्थानीयसँग अन्तरक्रिया गरिएको छ ।

कार्यवाहक वडा अध्यक्ष ललिता देवी स्वारको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति सदस्य बिन्दु रावल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रावलले समाजमा हुने विभिन्न हिंसा न्यूनीकरणका लागी प्रतिबद्ध रहेको बताएकी थिइन् ।

आफु माथि कुनै पनि हिंसा सहेर बस्न नहुनेमा जोड दिँदै उनले कुनै पनि हिंसा तथा समस्या भएमा न्यायिक समिति तथा आफूसँग सम्पर्क गर्न आग्रह गरेकी थिइन् ।

महिला तथा पछाडि पारिएका समुदायहरू माथि हुने हिंसा तथा अन्याय न्यूनीकरणका लागी प्रतिबद्ध रहेको बताउँदै उनले आवश्यक सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता मोहन ताम्राकार,कार्यपालिका सदस्य तर्क टमट्टा लगायतका अतिथि रहेका थिए ।

अन्तर्क्रिया कार्यक्रमको सहजीकरण नायब सुब्बा तिलक ठकुल्ला रोजगार संयोजक गणेश सुनारले गरेका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode