Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नवदुर्गा आ.वि.को २ कोठे भवनको शिलान्यास

शिक्षाको गुणस्तर वृद्धि गर्न सबै निकाय जिम्मेवार बन्नुपर्छ : गाउँपालिका अध्यक्ष साउँद


नवदुर्गा आधारभूत विद्यालय बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटको २ कोठे भवनको शिलान्यास गरिएको छ ।

विद्यालयमा निर्माण हुन लागेको २ कोठे भवनको एक कार्यक्रमका बिच बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नेपाल सरकारको २५ लाखको लगानीमा उक्त २ कोठे भवन निर्माण हुन लागेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष साउँद प्रमुख अतिथि रहेका थिए भने गाउँपालिका उपाध्यक्ष बिन्दु रावल विशिष्ट अतिथि रहेकी थिइन् ।

भवनको शिलान्यास गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले गुणस्तरीय रूपमा भवन निर्माण कार्य समयमै सम्पन्न भई विद्यालयको शैक्षिक सुधारका लागी महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

शिक्षा क्षेत्रको विकासले मात्र समृद्धिको सपना साकार हुने भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न सबै निकाय जिम्मेवार बन्नुपर्नेमा अध्यक्ष साउँदले जोड दिएका छन् ।


क्याटेगोरी : शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode