Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ ।

बैठक दिउँसो एक बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनु हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड  (च)बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को  बमोजिम जानकारी गराउनु हुनेछ ।

बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’”’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि  सम्बन्धी ९पहिलो संशोधन विधेयक, २०७९’ लाई प्रस्तुत गर्न

अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने तथा ‘संवैधानिक परिषद्  काम, कर्तव्य, अधिकार र कार्यविधि , सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode