चितवन–२ मा हुने उपचुनावका लागि १८ दल दर्ता स् यी हुन् दर्ता भएका दलहरु

चितवन–२ मा हुने उपचुनावका लागि निर्वाचन आयोगमा १८ दल दर्ता भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन १० गतेदेखि १६ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले आह्वान गरेअुर दर्ता भएका दलले मात्रै उपचुनावमा भाग लिन पाउनेछन् । वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ ।
नागरिकता प्रकरणमा अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज भएपछि चितवन–२ मा उपचुनाव हुन लागेको हो ।
उपचुनावमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रि जनमकति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा ९एमाले०ले भाग लिने गरी दल दर्ता गराएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, समाजवादी ,नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, मौलिक जरो किलो पार्टी दर्ता भएका छन् ।
त्यस्तै राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली कांग्रेस बीपी राष्ट्रिय प्रजातन्त्र पार्टी र जय जन्मभूमि पार्टी नेपाले पनि दल र्ता गराएका छन् ।

परियार एक दशकदेखी सक्रिय पत्रकारीतामा छन् । उनले समसामयीक बिषयमा कलम चलाउछन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया