Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा एमालेको मिसन ग्रासरूट

एमालेको मिसन ग्रास रुट अभियानका लागी केन्द्रिय नेता अछाममा : कहा को खटिए ?


नेकपा एमालेको मिसन ग्रासरूट अभियानलाई तिव्र पारेको छ । अभियानलाइ थप प्रभावकारी बनाउन एमाले अछामले एक दिनको जिल्ला स्तरिय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीमा सम्बद्ध जिल्ला कमिटी, जनसङ्गठन, पेसागत सङ्गठन र पालिकाका स्तरका प्रमुख उपप्रमुखलगायतलाई अभिमुखीकरण गरिएको हो । प्रशिक्षणका क्रममा देशको राजनीतिमा एमालेको भूमिका र अवस्था, नीति, सिद्धान्त र पार्टीले आगामी दिन लिने रणनीतिका बारेमा जानकारी गराइएको थियो ।

ग्रास रुट अभियान अन्तर्गत नेकपा नेकपाले अछामका १० स्थानीय तह विभाजन गरेर तीन केन्द्रीय सदस्य खटाएको छ ।

केन्द्रीय सदस्य गौरी ओली, दयाल बहादुर शाही र आशा विक र विभिन्न पालिकाहरूमा प्रदेश कमिटीका सदस्य पनि खटाइएको छ । यस्तै एमाले अछामले पनि जिल्ला कमिटीका सदस्यहरूलाई ९१ वटै वडामा पुग्ने गरेर खटाएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले जानकारी दिएका छन् ।

अभियान अन्तर्गत चौरपाटी गाउँपालिका,मंगलसैन नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिकामा पोलिट व्युरो सदस्य गौरी ओली खटिइने छन् । भने रामारोशन गाउँपालिका,मेल्लेख गाउँपालिका,र पञ्चदेवल बिनायक नगरपािलकामा केन्द्रिय सदस्य दयाल बहादुर शाही खटिइएका छन् ।

यस्तै कमलबजार नागरपालिका,ढकारी गाउँपालिका र तुर्माखाद गाउँपालिकामा केन्द्रिय सदस्य आशा बि.क खटिइने छन् । केन्द्रिय सदस्यसंगै ग्रास रुट अभियानमा प्रदेश कमिटीका पदाधीकारी र जिल्ल कमिटीका पदाधीकारी पनि खटिइने नेकपा एमाले अछामका जिल्ला सचिव भीम बहादुर रावलले जानकारी दिएका छन् ।

पालिका र वडामा खटाइका प्रतिनिधिहरूले दुई महिना एमालेको सङ्गठन सुदृढीकरण, निर्माण र व्यवस्थित बनाउने छन् । साथै सरकार र पार्टीप्रति जनताका अपेक्षा सङ्कलन गरिनेछ । केन्द्रीयदेखि जिल्ला स्तरबाट खटाइएका प्रतिनिधिहरुले दुई महिना आफ्नो कार्यक्षेत्रमा तोकिएको काम सम्पन्न गर्नुपर्नेछ ।

पार्टीको मिसन ग्रास रुट अभियान अन्तर्गत केन्द्रिय कमिटी सदस्य तथा अछाम जिल्ला सह ईन्चार्ज यज्ञ बोगटी र प्रदेश कमिटी सचिवालय सदस्य हिरण्ड भट्टराईलाई बाजुरा जिल्लाको त्रीवेणी नपा, बुढिगंगा नपा र खप्तड छेडेदह गापामा खटाइएको छ ।

पार्टीको मिसन ग्रास रुट अभियान अन्तर्गत केन्द्रीय कमिटी सदस्य तथा अछाम जिल्ला सह-इन्चार्ज यज्ञ बोगटी र प्रदेश कमिटी सचिवालय सदस्य हिरण्ड भट्टराईलाई बाजुरा जिल्लाको त्रिवेणी नपा, बुढिगंगा नपा र खप्तड छेडेदह गाउँपालिका खटाइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode