Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

न्यायिक समितिप्रति नागरिकको आकर्षण बढाउन लागी परेका छौँ : उप प्रमुख सोडारी (कुराकानी सहित)


मंगलसैन नगरपालिकाका उप प्रमुख तथा न्यायिक समिति संयोजक संगीता रावल सोडारीले न्यायिक समिति प्रति नागरिकको आकर्षण बढाउन लागी परेको बताएकी छन् ।

न्यायिक समितिप्रति नागरिकको आकर्षण बढाउन नगरपालिकाको न्यायिक समितिले निरूपण गर्न मिल्ने बिभिन्न विषय तथा न्यायिक समितिको क्षेत्राधिकारका विषयमा जानकारी गराउने लगायतका काम गर्दै आएको उनले बताएकी हुन् ।

नगरपालिकाका विभिन्न वडा टोलहरूमा महिला हिंसा,दुर्व्यवहार लगायतका विषयमा जानकारी गराउँदै यसबारे कानुनी व्यवस्था लगायतका विषयमा सचेतनाका कार्यक्रम गरिएको उनको भनाई छ ।

यस आर्थिक वर्षको हालसम्मको अवधिमा न्यायिक समितिमा ८ वटा विभिन्न उजुरी तथा गुनासो आएको र तिनको निरूपण गरिएको उनले बताएकी छन् ।

नगरपालिकाका जनतालाई नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता लगायतका विषयमा वडा स्तरमा विभिन्न सचेतना सम्बन्धी कार्यक्रम गरिएको भए पनि जटिल प्रकृतिका मुद्दा नआउने गरेको बताएकी छन् ।

अहिले पनि सामान्य मुद्दा हुँदा मान्छेहरू सिधै प्रहरी,प्रशासन तथा अदालतमा जाने परिपाटी रहेकाले पालिकामा रहेका न्यायिक समितिमा मुद्दा आउने क्रम भने न्यून रहेको छ ।

कुराकानी :-


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode