Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

ढकारीले गर्यो अभुतपूर्व काम : ७ महिनामै ७० प्रतिशत विकासे योजना सम्पन्न (भिडिओ कुराकानी)


ढकारी गाउँपालिकाले माघ मसान्तसम्म ७० प्रतिशत योजनाको काम सम्पन्न गरेको छ ।

यस आर्थिक वर्षको आर्थिक वर्ष सुरु भएको सात महिनाको अवधिमा गाउँपालिकाले ७० प्रतिशत विकास निर्माणका योजनाको काम सम्पन्न गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश साउँदका अनुसार गाउँपालिकामा यस आर्थिक वर्षमा साना तथा ठुला योजना गरी ७० प्रतिशत योजनाको कार्य सम्पन्न भई भुक्तानी समेत भइसकेको छ ।

गाउँपालिकाको गाउँ सभा सम्पन्न भएसँगै भदौ १५ गतेभित्र योजनाको उपभोक्ता समिति गठन गरी सम्झौता गरिसक्न गाउँपालिकाले निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार उपभोक्ता समिति गठन तथा सम्झौता भई योजना कार्यान्वयन चरणमा गएकाले माघ मसान्तसम्म ७० प्रतिशत योजनाको काम सम्पन्न गर्न सम्भव भएको गाउँपालिका अध्यक्ष साउँदको भनाई छ ।

गाउँपालिकाका विकास निर्माणका योजना सम्पन्न गर्न असार कुर्नुपर्ने परिपाटीको अन्त्य गरी योजनाको पारदर्शिता र गुणस्तर कायम गर्न आफूले यस्तो रणनीति अपनाएको अध्यक्ष साउँदले बताएका छन् ।

गाउँपालिकामा यस आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरूको पारदर्शिता र गुणस्तरमा आवश्यक निगरानी गरिएको उनको दाबी छ ।

कुराकानी : प्रकाश बहादुर साउँद


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode