Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीका ५३ जना विपन्न बालबालिकालाई पोसाक तथा शैक्षिक सामाग्री वितरण (कुराकानी सहित)


बान्नीगढीका ५३ जना विपन्न बालबालिकालाई पोसाक तथा शैक्षिक सामाग्री वितरण (कुराकानी सहित)

बान्नीगढी जयगढ गाउँपालिकाले अनाथ, टुहुरा र विपन्न बालबालिकालाई  पोसाक तथा  शैक्षिक सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आर्थिक वर्ष २०७९/८० को  वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका अनाथ, टुहुा तथा विपन्न बालबालिकालाई पोसाक शैक्षिक सामाग्री वितरण गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख समीक्षा थापाले पालिकाका वडा नम्बर १ देखि ६ सम्मका ५३ जना बालबालिकालाई पोसाक र शैक्षिक वितरण गरिएको जानकारी दिएकी छन् ।

गाउँपालिकामा रहेका विपन्न तथा असहाय बालबालिकाले पोसाक र शैक्षिक सामाग्रीका कारण विद्यालय जानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पोसाक तथा शैक्षिक सामाग्री सामाग्री वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख थापाको भनाई छ ।

गएको पाँच वर्षको अवधिमा स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा विभिन्न समस्याका कारण अपेक्षा अनुसारको काम गर्न नसकेको बताउँदै  बालबालिकाको क्षेत्रमा विशेष कार्य योजना सहित बालबालिका संरक्षण नीति बनाएर अघि बढ्ने थापाले बताएकी छन् ।

कुराकानी :-


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode