Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बयालपाटा अस्पतालका लागी सक्दो सहयोग गर्छु : गाउँपालिका अध्यक्ष साउँद


बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले बयालपाटा अस्पतालका लागी गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै उनले अस्पतालका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

अन्तर्राष्ट्रिय दातृ निकायले हात झिकेपछि आर्थिक अभाव झेलिरहेको अस्पतालका लागी बान्नीगढी गाउँपालिकाले सक्दो सहयोग गर्न कुनै कञ्जुस्याँई नगर्ने उनको भनाई छ ।

जिल्लाकै सानो पालिका र जनसङ्ख्याका आधारमा सङ्घीय सरकारबाट अन्य पालिकाको तुलनामा बान्नीगढी गाउँपालिकाले सीमित बजेट पाउँदै आएकाले चाहेर पनि आवश्यकता अनुसार अस्पताललाई सहयोग गर्न कठिनाइ भइरहेको उनले बताएका छन्।

आर्थिक अभावकै कारण रोग पालेर मृत्यु कुरेर बस्नुपर्ने आम नागरिकका लागी वरदान साबित भएको बयालपाटा अस्पतालले स्वास्थ्य क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्दै आएकोमा उनले प्रशंसा समेत गरेका थिए ।

बजेटको स्रोत सुनिश्चितता गरी अस्पताललाई आर्थिक अभाव हुन नदिन बान्नीगढी गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउँदै उनले माथिल्लो सरकारबाट आवश्यक सहयोगका लागी सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको गत आर्थिक वर्ष २०७८।७९ को सामाजिक परीक्षण कार्यक्रम शनिवार अस्पताल परिसरमा सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode