Hikmat Acharya
  • ६ कात्तिक २०८१, मंगलबार
  • काठमाडौं
Paschim Raibar

तिमिल्सैनमा कानूनी सचेतना तथा साक्षरताका लागि अन्तर्क्रिया


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा कानूनी सचेतना तथा कानूनी साक्षरताका लागि १ दिने अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।

समुदायमा नागरिकलाई कानून र न्यायिक समितिले दिने सेवाको बारेमा जानकारी गराइएको हो । अन्तर्क्रिा कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बिन्दु रावलले स्थानीय तहमा निर्माण भएको न्यायिक समितिले न्यायदिने कुरामा कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाएकी छन् ।

उनले करिब १० महिनाको अवधिसम्म आइपुग्दा समेत न्यायिक समितिमा एउटा पनि उजुरी नपरेको बताउँदै कसैले पनि समाजमा हेपिएर डराएर बस्नुपर्ने अवस्थाको अन्त्य भएकोले समाजमा जो कसैले पनि हिंसा सेर स्न आग्रह गरेकी छन् ।

उपाध्यक्ष रावलले नागरिकका लागि सबैभन्दा सर्वोपरि कानून भएकाले सबैले कानूनको पालना गर्नुपर्ने तर्फ सबैलाई सचेत गराउँदै पालिकाका ६ वटै वडामा कानूनी सचेतनाका कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराएकी छन् ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि समाजसेवी तिलक खत्रीले स्थानीय सरकारले सर्वसाधारण नागरिकलाई गाउँघरमै आएर कानूनको बारेमा बुझाउन सके जनताको जीवनस्र मा पिर्तन हुने कुरामा जोडदिएका छन् ।

उनले अहिलेसम्म पनि न्याय सबैको पहुँचमा नभएको बताउँदै न्यायिक समितिले नागरिकलाई न्यायको अनुभूति दिलाउन सक्नुपर्ने बताएका छन् ।

वडा नम्बर ४ का अध्यक्ष किरण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रवक्ता मोहन ताम्राकार,अलकनन्दा माविका प्रधानाध्यापक नृप ओड रहनुभएको थियो ।

अन्तर्क्रिया कार्यक्रमको सहजिकरण नायब सुब्बा तिलक ठकुल्ला रोजगर संयोजक गणेश सुनारले गर्नुभएको थियो ।


क्याटेगोरी : पश्चिम खोज, शिक्षा, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode