Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

चौरपाटीमा माघ मसान्तसम्म ३७ प्रतिशत बजेट खर्च, चालुमा ४३ र पुँजीगतमा २६ प्रतिशत (कुराकानी सहित)


आर्थिक वर्षको माघ मसान्तसम्म चौरपाटी गाउँपालिकाको करिब ३७ प्रतिशत बजेट खर्च भएको छ ।

यसआर्थिक वर्षका लागी गाउँपालिकामा विनियोजित बजेट ४६ करोड ८७ लाख १८ हजार ३ सय ७० मध्य ३७ प्रतिशत बजेट खर्च भएको हो ।

कुल बजेट मध्य चालु तर्फ ३२ करोड २० लाख १९ हजार १ सय १ रुपैयाँ विनियोजित गरिएकोमा चालु तर्फ हालसम्म ४३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका लेखा प्रमुख अर्जुन जोशीले जानकारी दिए ।

पुँजीगत तर्फ १४ करोड ६६ लाख ९९ हजार २ सय ७९ विनियोजित गरिएकोमा हाल सम्म करिब २६ प्रतिशत बजेट खर्च भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाका अनुसार पुँजीगत तर्फका १ सय ३२ योजना मध्ये ४६ योजनाको कार्य सम्पन्न भई भुक्तानी भइसकेको छ भने अन्य ८६ वटा योजनाको कार्यान्वयनको चरणमा छन् ।

वैशाख मसान्त भित्र सबै योजनाहरूको कार्य सम्पन्न गरेर भुक्तानी गरिसक्ने अधिकृत थापाको भनाई छ ।

अघिल्लो वर्षको तुलनामा यस आर्थिक वर्षमा विकास निर्माण लगायतका योजनाहरूको काम समयमै सम्पन्न हुनेमा विश्वस्त रहेको अधिकृत थापाले बताएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode