Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा एक महिला मृत फेला


अछाममा एक महिला मृत फेला परेकी छिन् ।

जिल्लाको चौरपाटी गाउँपालिका–१ शिर्फाली बस्ने २२ वर्षीया काली साउद मृत फेला परेकी प्रहरीले बताएको छ ।

उनी आफ्नै घर भित्र मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको हो । करिव साढे २ बर्ष अघि बिबाह भएकी मृतक साउदका श्रीमान ६ महिना अघि भारत गएका र श्रीमान आएको ४÷५ दिनमै उनि मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको इलाका प्रहरी कार्यालय चौरपाटीका प्रहरी निरिक्षक लालसिह बिष्टले बताएका छन् ।

उनले यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode