Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

१३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुर्माखादमा सुरु : नेता रावलले गरे उद्घाटन (तस्विरहरु)


१३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तुर्माखादमा सुरु भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नेकपा एमालेका नेता पूर्व उप प्रधान तथा रक्षा मन्त्री डाक्टर भीम रावलले उद्घाटन गरेका हुन् ।

जिल्ला खेलकुद समितिका अध्यक्ष केशर बहादुर खड्काको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा नेता रावल प्रमुख अतिथि रहेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै नेता रावलले गाउँ ठाउँ मात्र नभई राष्ट्रको पहिचान गराउन खेलकुद क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकाले खेलाडीहरूलाई संयम भई खेल खेल्न आग्रह गरेका थिए ।

खेलाडीहरूलाई अनुशासन सहितको उत्कृष्ट खेल प्रदर्शन गर्न रावलले सुझाव दिएका थिए । प्रतियोगिता आयोजनाका लागी तुर्माखाँद गाउँपालिकालाई धन्यवाद दिँदै उनले प्रतियोगिता सफलताको कामना समेत गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावल,निवर्तमान प्रदेश सदस्य कुन्ता जोशी,तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सी. विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले जिल्लाको बिकट मानिएको तुर्माखाद क्षेत्रमा प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

मंगलसैन नगरपालिकाका उप प्रमुख संगीता रावल सोडारी ,कमलबजार नगरपालिकाका उप प्रमुख शारदा कुमारी बिष्ट,तुर्माखाद गाउँपालिकाका उपाध्यक्ष विमला कुमारी शाही लगायतका अतिथि रहेका थिए ।

जिल्ला खेलकुद समितिका उपाध्यक्ष बम बहादुर साउँदले स्वागत गरेको कार्यक्रमको सञ्चालन जीवन न्यौपाने गरेका थिए ।

प्रतियोगिता यही फागुन १४ गतेसम्म सञ्चालन हुने छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode