Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कमलबजारमा हुने निःशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पुरा : निशुल्क स्वास्थ्य सेवा लिन मेयर ढकालको आग्रह


 

कमलबजारमा भोलीवाट शुरु हुने एक दिने निशुल्क स्वास्थ्य शिविरको समपुर्ण तयारी पुरा भएको छ ।

भोलीबाट सञ्चालन हुने शिविरको सम्पुर्ण तयारी पुरा भएको कमलबजार नगरपालिका नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिए ।

काठमाण्डौँ मेडिकल कलेजसंगको सहकार्यमा स्वास्थ्य शिविर गर्न लागीएको उनले बताए ।

शिविरमा बहिरंग सेवा , सामान्य चिकित्सा, प्रसुती तथा स्त्री रोग, बाल रोग, मुटुरोग, मृगौला रोग , मस्तिष्क तथा नसा रोग, हार्डजोर्नी तथा नसारोग, छाला तथा यौन रोगको उपचार गरिने छ ।

यस्तै शिविरमा नाक, कान, घाँटी, दन्त रोगको समेत उपचार गरिने नगर प्रमुख ढकालको भनाई छ ।

न्यूरो सर्जरी, , भिडियो एक्सरे, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण लगायतका सेवा दिईने मेयर ढकालले उल्लेख गरे ।

भोली हुँने स्वास्थ्य शिविरमा आई निशुल्क स्वास्थ्य सेवा लिन नगरप्रमुख ढकालले नगरपालिका वासी तथा छिमेकी पालिकाका नागरिकसंग आग्रह गरे ।

यसैबिच आज हामीले भोली कमलवजारमा शुरुहुने एकदिने निशुल्क स्वास्थ्य शिबिरको तयारी तथा ब्यावस्थापनका बारेमा कमलबजार नगरपालिका नगरप्रमुख यज्ञ प्रसाद ढकालसंग कुराकानि गरेका छौँ ।

कुराकानि : यज्ञ प्रसाद ढकाल


क्याटेगोरी : समाचार, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode