Techie IT
  • १२ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Paschim Raibar

तुर्माखादमा राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा : खेलाडीलाई अध्यक्ष बि.सी.को गुड लक


तुर्माखाद गाउँपालिकामा हुने १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ ।

बुधवारदेखी तुर्माखाद गाउँपालिकाको कालिकेश्वरी माद्यामिक विद्यालयमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको हो ।

प्रतियोगितामा सहभागिता जनाउने जिल्लाका १० वटै पालिकाका टिमहरू तुर्माखाद आइपुगेका छन् ।

बुधवार बिहान ११ बजेदेखि उद्घाटन गर्ने तयारी गरिएको प्रतियोगिताको पूर्व उप प्रधान तथा रक्षा मन्त्री डा.भीम रावलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रदेश स्तरीय प्रतियोगिताका लागी छनोट गरिने छन् ।

तुर्माखादका खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष बि.सी.को गुड लक

प्रतियोगिताको पूर्व सन्ध्यामा गाउँपालिकाका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बि.सी.ले उत्कृष्ट खेल प्रदर्शनका लागी अनुरोध गर्दै जीतको शुभकामना व्यक्त गरेका छन् ।

प्रतियोगीताका लागी गाउँपालिका आइपुगेका खेलाडीहरूलाई हौसला दिँदै अध्यक्ष बि.सी.ले प्रतियोगितामा खेल क्षमता सँगै अनुशासन प्रदर्शन गरेर दर्शकहरूको मन जित्ने गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरेका हुन् ।

खेलले मात्र खेलाडीको पहिचान नभई अनुशासनले पनि खेलाडीको पहिचान हुने भएकाले प्रतियोगितामा खेलाडीका अनुशासन कायम हुनुपर्नेमा उनको जोड छ ।

खेलाडी र खेलकुद क्षेत्रको विकासका लागी गाउँपालिका सदैव साथमा रहने नै छ उनले भने प्रतियोगितामा जितका लागी यहाँहरूलाई गुड लक ।

प्रतियोगीताका लागी जिल्लाका १० वटै पालिकाका खेलाडी तथा प्रतिनिधिहरू उपस्थित भएसँगै तुर्माखादमा खेल सरगर्मी बढेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!