समाजसेवी साउदद्धारा स्वः बुवाको सम्झनामा विन्धेवासिनी माविमा अक्षयकोष स्थापना

बान्निगढी जयगढ गाउँपालिका ६ निवासि समाजसेवि गणेश बहादुर साउदले विन्धेवासिनी माविमा झेठानामा अक्षयकोष स्थापना गर्नुभएको छ ।
आफ्ना स्वर्गीय बुवाको सम्झनामा विद्यालयमा रु. २५ हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालयक अभिभावक भेलाको अवसरमा नयाँ कामको शुरुवात गरौं भन्ने हेतुले अक्षयकोषको स्थापना गरेको उहाँले बताउनुभयो ।
अक्षयकोषको रकमबाट प्राप्त हुने व्याजले वार्षिक रुपमा विद्यालयमा अनाथ, टुहुरा तथा जेहन्दार विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिने समाजसेवी साउदको भनाई छ ।
सुर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनि मंगलसेनका शाखा प्रमुख समेत रहनुभएका समाजसेवी साउदले शैक्षिक अवस्था र शिक्षाको ्थर सुधार भएमात्रै समाज रुपान्तरण र विकासमा टेवा पुग्ने भन्दै आफुले यो अभियानको सुरुवात गरेको बताउनुभयो ।
अक्षयकोष स्थापना गरेकोमा विद्यालय परिवारले समाजसेवी साउदलाई धन्यवाद ज्ञापन गरेको छ ।
क्याटेगोरी : शिक्षा, समाचार
प्रतिक्रिया