Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

बिन्द्यावासिनी माबि दर्नाको अभिभावक भेला सम्पन्न


बिन्द्यावासिनी माध्यामिक बिध्यालय दर्नाको ४९ औं अभिभावक भेला सम्पन्न भएको छ ।

शिक्षक अभिभावक सघ समितीका अध्यक्ष निर्प बहादुर कठायतको अध्यक्षतामा भएको अभिभावक भेलाका प्रमुख अतिथी बान्निगढी जयगढ गाउपालिकाका अध्यक्ष टेक बहादुर रहेका थिए ।

प्रमुख अतिथीको रुपमा बोल्दै अध्यक्ष साउदले बिन्ध्यवासिनी माध्यामिक बिद्यालयमा शैक्षिक क्षेत्रलाई अगाडि बढाउनको लागि आम अभिभावक अग्रसर हुन आग्रह गरे ।

अब आउने दिनमा गुणस्तरीय शिक्षा हासिल गर्न सबै क्षेत्रबाट हयोग चाहिने उनले उल्लेख गरे । बिद्यालयलाइ १२ कक्षा सम्म बनाउने पहल भैरहेको पनि उनले बताए ।

कार्यक्रममा बिशिस्ट अतिथि बान्निगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावल रहेकी थिईन् । उपाध्यक्ष रावलले बिद्यालयको शैक्षिक भौतिक आर्थिक रुपमा सम्पन्न गर्नको लागि आम सरोकारवाला एकजुट हुनुपर्ने बताईन् ।

बिद्यालयको गुणस्तरीय शिक्षाको लागि बान्निगढी सरकार पछि नहट्ने प्रतिबद्धत्ता समेत उनले ब्यक्त गरिन् । कार्यक्रमका अन्य अतिथिहरुमा वडा नम्बर ६ का अध्यक्ष जगत थापा ५ का वडा अध्यक्ष टंक साँउद लगाएत रहेका थिए ।

आर्थिक पर्ष २०७८/०८९ को १ करोड ७२ लाख ७५ हजार २ सय ६४ रुपैया ९३ को आय ५६ लाख ९७ हजार ४ सय ८८ रुपैया २७ पैसाको ब्याय सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

विद्यालयमा ४९ औँ अभिभावक भेलाको अवसरमा २५ हजारको अक्षयकोषको स्थापना पनि गरिएको छ । स्थानिय गणेश बहादुर साउदले आफ्ना स्वर्गीय बुवा जित बहादुर साउदको सम्झनामा अक्षयकोषको स्थापना गरेका हुन् ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode