Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

चालु आर्थिक बर्षका योजनाको ५० प्रतिशत काम सम्पन्न भएको छ : वडा अध्यक्ष बोगटी


चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुका वडा अध्यक्ष ललित बहादुर बोगटीले १० महिनाको अवधिमा करिब ५० प्रतिशत विकास निर्माणको कार्य सम्पन्न भएको बताएका छन् ।

यस आर्थिक वर्षका लागी विनियोजित गरिएका योजनाहरूको ५० प्रतिशत काम सम्पन्न भएको उनले बताएका हुन् ।

वडामा विनियोजित खानेपानी,भौतिक निर्माण लगायत कार्यहरू तीव्र गतिमा भइरहेको भए पनि अपेक्षा अनुसारको काम भने हुन नसकेको उनको भनाई छ ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताएका छन् ।

गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाका लागी विशेष कार्य योजना बनाएर अघि बढ्ने बताउँदै उनले कुपोषण न्यूनीकरणका लागी समेत आवश्यक कार्य योजना बनाई रहेको जानकारी दिएका छन् ।

यसैबिच आज हामीले चौरपाटी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ललित बोगटीसँग वडाको विकास निर्माण लगायतका विषयमा कुराकानी गरेका छौँ ।

कुराकानी : ललित बोगटी


क्याटेगोरी : Podcast, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode