Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु ,२ जना घाईते


अछाममा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । भने २ जना गम्भीर घाईते भएका छन् ।

जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ सेराबाट कमलबजार जाँदै गरेको ट्याक्टर ओरालो सडकमा पल्टिँदा कमलबजार १० तान्तिका करिब २८ बर्षका बृख बहादुर बिष्टको घटना स्थलमै ज्यान गएको कमलबजार ७ का वडा अध्यक्ष नृप बहादुर बोहराले जानकारी दिनुभएको छ ।

दुर्घटनामा कमलबजार १० कै गाडी मालिक करिब २८ बर्षका भक्त बहादुर बिष्ट र पहिचान खुल्न नसकेका एक जना अर्का गम्भीर घाईते भएका प्रहरीले जनाएको छ ।

जनप्रतिनिधि, प्रहरी र स्थानीयको प्रयासले घाईतेको उद्धार गरि उपचारका लागि कमलबजार लिईएको घटनास्थलमै रहनुभएका वडा अध्यक्ष बोहराले बताउनु भयो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode