Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विकास निर्माणलाई उच्च प्राथमिकतामा राख्छु : अध्यक्ष कडायत


मेल्लेख गाउँपालिका वडा नम्बर ६ शोडषाका वडा अध्यक्ष तिलख बहादुर कडायतले वडामा स्वास्थ्य, शिक्षा, कृषि, सडक मर्मत लगाएतको स्तरउन्नीमा पहिलो बर्षको बजेट बिनियोजन गरेको बताएका छन ।

रेडियो बान्नीगढी संग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष कडायतले वडाको विकासका लागि आर्थिक बर्षको विनियोजित बजेट कार्यान्वयन कार्यमा पारर्दशि रुपमा विकास निर्माणमा पूरा लगानी गर्ने उद्धघोष गरेका हुन ।

वडाको सम्वृद्धि र शुसाशनका लागि आफ्नो पहिलो बर्षको बजेट विनियोजन गरेको बताएका छन । यस आर्थिक बर्षमा वडामा ४२ लाख ७३ हजार बजेट बिनियोजन गरेको बताउँनु हुदै आँफु वडा अध्यक्षमा निर्वाचित भएर आइसके पछि वडाको समग्र बिकासका लागि वडामा खानेपानीको अभाव हुन नदिने, बिद्युतलाइन बिस्तारका लागि आफुले बिशेष कदम चालि गरिरहेको समेत बताएका छन ।

उहाँले वडामा रहेका एकल महिला, बालबालिका तथा अपागंता भएका व्याक्तिहरुलाइ उनिहरुको क्षमता विकासका लागि सिपमूलक तालिम संग जोड्ने कुरामा जोडदिनुभयो ।

जनताका आधारभूत आवश्यकता लाई मध्यनजरगरी वडामा समस्या परेका आम नागरिकलाई वडाबाट सग्दो सहयोग गर्नेे प्रतिवद्धता जनाउनु भयो । निर्वाचनका बेला वडाबासिहरु माझ गरेका बाचालाइ पूरा गर्ने उद्धघोष गरेका छन ।

आफ्नो पहिलो बर्षको कार्यकाल भित्र आम नागरिकहरुलाई खानेपानी, कृषि, बिद्युतलाइन विस्तार लगाएत गुणस्तरिय शिक्षामा जोडदिइने समेत प्रतिबद्धता जनाएका छन ।

कुराकानी : वडा अध्यक्ष तिलख बहादुर कडायत


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode