Hikmat Acharya
  • ९ जेठ २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

लागुऔषध कारोबारमा संलग्न ६ विदेशी नागरिकसहित १३ जना पक्राउ


नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न छ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको छ ।

लागुऔषध कारोबारमा संलग्नमध्ये चार जना थाई नागरिक, दुई जना भारतीय र सात जना नेपाली नागरिक रहेका छन् ।

गएको माघ २४ गते काठमाण्डौ महानगरपालिका २८ बाट सोलुखुम्बुका ३५ वर्षीय लाक्पा शेर्पा पक्राउ परेका थिए ।

थप अनुसन्धानको क्रममा भारतीय नागरिक फैज अहमद, धनुषाका अयान रेजा र जाकिर नदाफ, काभ्रेका दीपक तामाङ र नुवाकोटका लक्ष्मण बखती लगायत पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ २८ गते चार जना थाई नागरिक लागुऔषध चरेससहित पक्राउ परेका थिए ।


क्याटेगोरी : अपराध, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode