Techie IT
  • १२ मंसीर २०८०, मंगलबार
  • काठमाडौं
Paschim Raibar

अरुण चौधरीको रिटमा लिखित जवाफ दिन उच्च अदालतले अन्तरिम आदेश जारी


प्रतिनिधि सभा सदस्य अरुण चौधरिको रिटमा सरकारी वकिल कार्यालय कैलालीलाई लिखित जवाफ दिन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायधिश देशबहादुर सार्कीको इजलासले जिल्ला वकिल कार्यालय क‌ैलालीलाई फागुन ३ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने होरु निवेदकको माग अनुसार बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण एवं प्रमाण भए सो समेत खुलाई प्रमाण सहित फागुन ०३ गतेका दिन ११:०० बजेसम्म उच्च सरकारी वकिल कार्यालय, दिपायलमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश गरेको हो । म्याद गुजारी बसेमा पछि तपाईँको उजुर बाजुर नलाग्ने आदेशमा छ ।

यस्तै, कारागार कार्यालयमा थुनामा रहेका चौधरीलाई कैलाली जिल्ला अदालतमा रहेको श्रव्य दृश्य संवाद कक्षमा उपस्थित गराउन भनिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!