Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा २२ क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा


कैलालीमा दर्ता तथा सञ्चालनमा रहेका क्रसर उद्योगहरुले पूर्ण रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को पालना नगरेको पाइएको हो ।

जिल्लामा १५ वटा क्रसर उद्योग दर्ता भएका छन् । केही क्रसर उद्योग गैर कानूनी रुपमा सञ्चालनमा छन् ।  ती सञ्चालनमा रहेका कुनै पनि क्रसर उद्योगले सरकारले निर्धारण गरेको मापदण्डको पालना गरेका छैनन् ।

कैलालीका सहायक प्रखुम जिल्ला अधिकारी यज्ञरा जोशीले जिल्लामा सञ्चालनमा रहेको क्रसर उद्योगहरुले मापदण्ड पूरा नगरेको बताए । उनले उद्योगहरुलाई पत्राचार गरिएको बताए। जिल्लामा क्रसर उद्योग दर्ता गर्दा सबैले मापदण्ड पूरा गरेको दाबी गरिएको छ ।

तर, नेपाल सरकारले २०७७ बाट लागु गरेको नयाँ मापदण्डअनुसार जिल्लाका कुनै पनि उद्योगले पूरा गरेका छैनन् ।

घरेलु तथा सानो उद्योगको तथ्याँक अनुसार कैलालीमा १५ उद्योग दर्ता गरिएको पाइएको भएपनि जिल्लामा २२ उद्योग सञ्चालनमा छन् । उनीहरुमा कसैको पनि पूर्ण मापदण्ड पुगेको छैन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनगढीका प्रमुख कोमलराज जोशीले जिल्लामा क्रसर उद्योग दर्ता गर्दाको समयमा सबैको मापदण्ड पूरा भए पनि नयाँ मापदण्ड कसैको पनि नपुगेको बताए ।

उनले अनुगमनका क्रममा जिल्लामा २२ क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको बताए । जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुमा धुलो नियन्त्रणका लागि पानी छर्किने व्यवस्था, मानव बस्तीको दूरी, क्रसरमा शेड (छोप्ने)को व्यवस्था, वृक्षारोपण, धमिलो पानी फिल्टरको व्यवस्था र ध्वनी प्रदूषण नियन्त्रणको व्यवस्था गरिएको छैन ।

स्थानीय प्रशासनले प्रत्येक वर्ष क्रसर उद्योगहरुको अनुगमन गर्दै आएको छ ।  तर, मापदण्ड पूरा नगर्ने उद्योगहरुलाई कारबाही गरिएको छैन् ।

जिल्लामा विकास आयोजना तथा योजनाहरुका लागि पनि क्रसर उद्योगहरु स्थापना गरिएका छन् ।  ती उद्योगले स्वीकृतिसम्म नलिएको पाइएको छ ।

जिल्लामा सञ्चालनमा रहेको सबै उद्योगहरुलाई मापदण्ड पूरा गर्न र कानूनी रुपमा अनुमती नलिएका उद्योगलाई अनुमती लिन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

कैलालीमा हेमकुन्ड क्रसर उद्योग, वेस्टन क्रसर उद्योग, श्रीपुर क्रसर उद्योग, कर्णाली क्रसर उद्योगको मात्र प्रत्येक वर्ष स्थलगत अनुगमन गर्ने गरिएको छ ।  जिल्लामा दर्ता भएका अन्य उद्योगहरु सञ्चालनमा नरहेको भन्दै अनुगमन हुँदैन् ।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा वन क्षेत्र, घना बस्तीबाट र शैक्षिक संस्था, धार्मिक स्थल, स्वास्थ्य संस्थाहरु २ किलोमिटरको दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

राजमार्ग, खोला तथा नदी किनार, ऐतिहासिक ताल, पक्की पुलबाट ५ सय मिटर, चुरे पहाडको फेदीबाट १५ सय मिटरको दूरीमा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइने मापदण्डमा लेखिएको छ ।

कैलालीमा सञ्चालनमा रहेका कुनै पनि क्रसर उद्योगले मापदण्ड पूरा गरेका छैनन् । नेपाल सरकारले २०७७ बाट लागु गरेको नयाँ मापदण्ड अनुसार जिल्लामा सञ्चालनमा रहेका कुनै पनि क्रसर उद्योगको मापदण्ड नपुगेको हो ।

जिल्लामा सञ्चालनमा रहेका उद्योगहरुको प्रत्येक वर्ष अनुगमन हुँदै आएको भए पनि कारबाही भएको छैन् । जिल्लामा प्रत्येक वर्ष अबैध क्रसर उद्योगहरुको संख्यामा वृद्धि हुँदै गए पनि स्थानीय प्रशासन मूकदर्शक बन्दै गएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode