Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

देउवा भौतिक र शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त


सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका छन् ।

आज दुबै जना मन्त्रीमा नियुक्त भएका हुन् । (एकीकृत समाजवादी)बाट शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निर्णय गरेको थियो। शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीसहित नेकपा एसका शाही र कांग्रेसका देउवालाई मन्त्रीको शपथ गराए ।

देउवा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज हुन् ।  शाही आर्थिक मामिला र देउवा भौतिक पूर्वाधारमन्त्री बनेका हुन् ।

नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode