Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मुख्यमन्त्री शाहद्धारा पदभार ग्रहण


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पदभार ग्रहण गरेका छन् ।

शुक्रवार प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण लिए लगत्तै उनले मुख्यमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले भ्रष्ट्राचार मुक्त प्रदेश बनाउने पहिलो निर्णय गरेका छन् ।  पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्र रावलले हिजो प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाएका थिए ।

विश्वासको मत लिन संसदमा प्रस्ताव पेश गरेका रावलको प्रस्ताव नै बहुमतले अस्वीकृत गरेपछि रावलले राजीनामा बुझाएका हुन् ।

संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त भएका काँग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode