Hikmat Acharya
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ ; प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई हिजो श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यसअघिको अभ्यासका आधारमा हेर्दा देशको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनु भएको हो ।

उहाँले यसअघि भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका महासचिव देवप्रसाद गुरुङले हालै सम्पन्न स्थायी समितिको बैठकले गरेका निर्णयका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषयका साथै पार्टीका स्थायी समितिले गरेको निर्णयका बारेमा प्रष्ट पार्नुभएको थियो ।

उहाँले पार्टीले आउँदो दुई महिनासम्म सञ्चालन गर्ने अभियानका बारेमा उल्लेख गर्नुभएको थियो । दुई महिने सङ्गठनात्मक अभियानमा पार्टीका केन्द्रीय सदस्यहरू हरेक टोल र वडासम्म पुगेर नागरिकसँग अन्तरक्रिया गर्ने र पार्टी सङ्गठन विस्तार गर्ने छन् ।

अभियानलाई माओवादीले नागरिकसँग पार्टी जोड्ने र सरकारको काम कारबाहीका सम्बन्धमा सुझाव लिने अभियानको रूपमा अर्थ्याएको छ ।

नागरिकसँगको छलफलका आधारमा आउँदो दुई महिनापछि पार्टीको केन्द्रीय समितिको बैठकमा आउँदो कार्यभारका बारेमा व्यापक छलफल गर्ने निर्णय बैठकले गरेको छ ।

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode