Techie IT
  • १४ मंसीर २०८०, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा चितुवा मृत फेला


बैतडीमा चितुवा मृत फेला परेको छ ।

पाटन नगरपालिका(४ को रातामाटा जंगलमा चितुवा मृत फेला परेको हो । बिहीबार स्थानीयले मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

६ फिट २ इन्च लामो चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए। ‘अन्दाजी ६ वर्ष उमेरको पोथी चितुवा मृत फेला परेको छ, पोष्टमार्टमबाट चितुवाको मृत्युको कारण खुल्ने छ,’ कँडेलले भने।

प्रारम्भिक अनुसन्धानका क्रममा घाँटीमा कसिएको घाउ भेटिएकाले पासोमा परी मृत्यु भएको हुनसक्ने उनले बताए।

‘पासोबाट मृत्यु भएको होला भन्ने आशंका छ, घाँटीमा कसिएको घाउ भेटिएको छ, त्यहाँ नजिक पासो भने भेटिएन, विस्तृत रिर्पोटपछि थाहा हुन्छ,’ कँडेलले भने।

डिभिजन वन कार्यालयका अनुसार हालसम्म बैतडीमा १३ वटा चितुवा मृत फेला परेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!