Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

एमालेले नियमापत्ति जनाउँदा पनि सभामुखले मुख्यमन्त्री रावललाई अस्वीकृत गरे


एमालेले नियमापत्ति जनाउँदा पनि सभामुखले मुख्यमन्त्री रावललाई अस्वीकृत गरे

सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत प्रक्रियाप्रति नेकपा एमालेले नियमापत्ति जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत प्रक्रियाप्रति नेकपा एमालेले नियमापत्ति जनाएको छ । सभामुख भीमबहादुर भण्डारीले विश्वासको मत धवनि मतबाट गराएको भन्दै नियम संगत नभएको जनाएको हो ।

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले विश्वासको मत जस्तो प्रक्रियामा ध्वनि माध्यमबाट गराउनु संसदको अभ्यास र परम्परा विपरीत रहेको बताए ।

विश्वासको मतमा सबै दलका नेताले सम्बोधन गर्ने, सभामा उठेका प्रश्नको जवाफ दिने र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने सहमति भएको थियो उनले भने मुख्यमन्त्रीले प्रस्ताव पेस गरेछि मतदानमा जाने भनिएको थियो ।

सभाको नियमावलीमा ध्वनिबाट गरिएको मतदानमा कसैले नियमापत्ति जनाए रोक्नुपर्ने बताए । उनले भने मैले नियमापत्ति जनाएको थिए । सभामुखले रोक्नुपर्थ्यो रोकेनन् ।

उनले विश्वासको मतलाई सामान्य प्रस्तावझैँ निर्णाथ पेस गर्नु उपयुक्त नभएको बताए । हाम्रा कति मत भन्ने पनि थाहा भएन । अनि विश्वासको मत भयो भएन भन्न सकिँदैन ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode