Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमालेले नियमापत्ति जनाउँदा पनि सभामुखले मुख्यमन्त्री रावललाई अस्वीकृत गरे


सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत प्रक्रियाप्रति नेकपा एमालेले नियमापत्ति जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको विश्वासको मत प्रक्रियाप्रति नेकपा एमालेले नियमापत्ति जनाएको छ । सभामुख भीमबहादुर भण्डारीले विश्वासको मत ध्वनि मतबाट गराएको भन्दै नियम संगत नभएको जनाएको हो ।

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले विश्वासको मत जस्तो प्रक्रियामा ध्वनि माध्यमबाट गराउनु संसदको अभ्यास र परम्परा विपरीत रहेको बताए ।

विश्वासको मतमा सबै दलका नेताले सम्बोधन गर्ने, सभामा उठेका प्रश्नको जवाफ दिने र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने सहमति भएको थियो उनले भने मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि मतदानमा जाने भनिएको थियो ।

सभाको नियमावलीमा ध्वनिबाट गरिएको मतदानमा कसैले नियमापत्ति जनाए रोक्नुपर्ने बताए । उनले भने मैले नियमापत्ति जनाएको थिए । सभामुखले रोक्नुपर्थ्यो रोकेनन् ।

उनले विश्वासको मतलाई सामान्य प्रस्तावझैँ निर्णाथ पेस गर्नु उपयुक्त नभएको बताए । हाम्रा कति मत भन्ने पनि थाहा भएन । अनि विश्वासको मत भयो भएन भन्न सकिँदैन ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode