Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

माओवादी केन्द्रको उपाध्यक्ष बने अग्नि सापकोटा


नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएको छ ।

नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएको छ। बुधबार जारी सर्कुलरमा हालैको स्थायी समिति बैठकले सापकोटालाई उपाध्यक्षमा बढुवा गरिएको हो ।

उनीसँगै उपमहासचिव पम्फा भुसाल पनि उपाध्यक्षमा बढुवा भएकी छन्। यससँगै माओवादीमा उपाध्यक्षको संख्या तीन पुगेको छ। वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ रहेका छन्।

पम्फा उपाध्यक्ष पदमा बढुवा भएपछि उमहासचिवको संख्या ६ मा झरेको छ। यसअघि माओवादीको उपमहासचिवमा पम्फासँगै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादव रहेका थिए।

यस्तै, सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन्। अब माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode