Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

संसदमा जात्रा देखिएको छ : रामकुमारी झाँक्री


नेकपा एकीकृत समाजवादी की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गर्नुभएको छ ।

संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले ुजात्राु देखाएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।

बुधवार काठमाण्डौमा आयोजित ुअबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवालु विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले नागरिकलाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिनुभयो ।

सचिव झाँक्रीले ठूला दलहरूले नागरिकको अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याउनुभयो । उहाँले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढङ्गले नागरिकको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

सचिव झाँक्रीले भन्नुभयो, ‘संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले नागरिकलाई निराश बनाएको छ ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब नागरिकको अवस्था परिवर्तन हुने गरी काम गर्ने गरी सबै राजनीतिक दलले योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले बदलाको भाव राखेर देशलाई समृद्ध बनाउन नसकिने पनि बताउनुभयो ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode