Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

रेशम चौधरीलाई रिहा नगरेसम्म विश्वासको मत दिन्नौँ : रञ्जिता श्रेष्ठ


एक महिना नबित्दै सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने निर्णय किन गर्नुभयो ।

हामीले सुरुदेखि नै रेशम चौधरीलगायत टीकापुर घटनासँग जोडेर जेलमा राखिएका र मुद्दा चलाइएका राजबन्दीको रिहाइ र मुद्दा फिर्ताको माग उठाइरहेका छौँ, तर आश्वासन मात्रै भयो ।

न्याय निरुपण त कहाँ हो कहाँ, खालि यसलाई राजनीतिक लेनदेनको विषय मात्रै बनाइयो । लेनदेन गर्न हामी सट्टेबाज त होइन  हामीले त न्याय खोजेका हौँ ।

त्यसैले हाम्रा माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने निष्कर्षमा पुगेका हौँ । आज गरेको निर्णय पनि यही हो । तपाईंहरूले मत नदिँदा त सरकार नै ढल्ने अवस्थामा पुग्छ ।
हाम्रा लागि माग प्राथमिकतामा छ । जहिले रिहा गर्नुहुन्छ, त्यही दिन सरकार बनाउँला । बुधबार एक दिन समय बाँकी छ । रिहा गरियो भने मत दिन्छौँ ।

तत्काल रिहा गर्ने अवस्था छैन भन्नुभयो भने जहिले हुन्छ, त्यही दिन मत दिन्छौँ । अब जेलको ढोका नखुलेसम्म सुदूरपश्चिममा सरकारको ढोका खुल्दैन ।

सरकारलाई समर्थन दिने वेलामा भएको सहमतिचाहिँ माघ १ गते थारूहरूको ठूलो पर्व माघीकै दिन उपहारस्वरूप रिहा गर्छौँ भनेर आश्वस्त पारिएको थियो ।

त्यही विश्वासमा हामीले केन्द्रदेखि प्रदेशसम्म समर्थन गरेकै हो । तर, माघ सकिन लाग्दा पनि अझै सम्बोधन हुने छाँट देखिएन । त्यसैले यो निर्णयमा पुगेका हौँ ।

हाम्रा माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने निष्कर्षमा पुगेका हौँ ।


क्याटेगोरी : पश्चिम खोज, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode