Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम गत २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताको बिचमा अन्तिम अवस्थामा विश्वासको मत लिन लागेको हुन ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठ्यारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको बताइएको छ ।

तर, उन्मुक्तिले भने मत दिने नदिने औपचारिक रूपमा घोषणा गरिसकेको छैन। जसका कारण मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सुनिश्चित भएको छैन।

नेकपा ९एमाले ० का रावल सत्ता साझेदार दल नेकपा ९माओवादी केन्द्र०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २५ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतस् पदमुक्त हुने संविधानको व्यवस्था छ । तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode