Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाममा खोलामा नुहाउने क्रममा भगवान् शिवको मूर्ति र शिवलिंग भेटियो


खोलामा नुहाउँदै गर्दा अछाममा भगवान् शिवको कलात्मक मूर्ति र शिवलिंग भेटिएको छ ।

अछामको कमलबजार नगरपालिका–५ स्थित सातजडा त्रिवेणीमा नुहाउने बेला पानी भित्र बालुवा मुनि शिव पार्वतीको तामा पित्तलको मूर्ति र शिवलिंग फेला परेको हो ।

कमलबजार नगरपालिका वडा नं ४ चाल्सा सिरुगाडका दल बहादुर साउँदले उक्त मूर्ति र शिवलिंग फेला परेका हुन् ।

फेला परेको मूर्ति र शिवलिंग अहिले फेला पार्ने व्यक्ति दल बहादुर साउँदको घरमा राखिएको छ । मूर्ति र शिवलिंग भेट्टीएसंगै सो ठाउँमा पौराणिक कालमा भगवान् शिवको ठुलो शक्ति पीठ रहेको हुनसक्ने आँकलन गर्न थालिएको छ ।

उक्त त्रिवेणी आसपासमा यसअघि पनि विभिन्न समयमा भगवान् शिवसँग सम्बन्धित सामग्रीहरु फेला पर्दै आएका छन् ।मूर्ति र शिवलिंग भेटिएपछि स्थानीयले सो ठाउँको उत्खननको माग गरेका छन् ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode