Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

मेरो माईक्रोफाइनान्स प्रकरण

मेरो माइक्रोफाइनान्सका सिइओले प्रवन्धकलाई पागल भनेपछि : प्रबन्धक शाह कानुनी उपचार खोज्दै


मेरो माईक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडमा कार्यरत शाखा प्रबन्धकलाई संस्थाका प्रमुख कार्यकारी अधिकृतले मानसिक सन्तुलन गुमाएको संज्ञा दिएको घटनाले उग्र रूप लिएको छ ।

मेरो माईक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको शाखा कार्यालय कृष्णपुर,कञ्चनपुरमा शाखा प्रबन्धकका रुपमा कार्यरत रहेका नवीन कुमार शाहलाई संस्थाका सिइओ प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले मानसिक सन्तुलन गुमाएको संज्ञा दिएपछि घटनाले उग्र रूप लिएको हो ।

प्रमुख कार्यकारी अधिकृत दाहालले मानसिक सन्तुलन गुमाएको संज्ञा दिएपछि आक्रोशित बनेका शाखा प्रबन्धक शाह कानुनी उपचारको खोजीमा रहेका छन् ।

यसरी भयो घटना :

मेरो माईक्रोफाइनान्स बित्तिय संस्था लिमिटेडको शाखा कार्यालय कृष्णपुर कञ्चनपुरमा शाखा प्रबन्धकको रुपमा कार्यरत नवीन कुमार शाहले यही माघ ४ गते बिरामी भएको ब्यहोरा पेस गर्दै माघ ९ गते देखी १३ गतेसम्मका लागी ५ दिनको बिदा माग गरे ।

बिदा माग गर्दै शाखा प्रबन्धक शाहले पेस गरेको निवेदन :-

बिदाका लागी निवेदन पेस गरेसँगै शाखा प्रबन्धक शाह माघ ६ गते उपचारका लागी काठमाडौँ गए र उपचार सकेर माघ १५ गते उपस्थित भए ।

कार्यालयमा हाजिर भए लगत्तै केन्द्रीय कार्यालयबाट के कति कारणले बिदामा बसेको,सामाजिक संजालमा किन संस्थाको हित विपरीत बोलेको र किन कार्वाहि नगर्ने भन्दै ३ दिन भित्र लिखित स्पष्टीकरण माग गरिएको पत्र शाखा प्रबन्धक शाहले पाए ।

शाहले संस्थाको हितका लागी दिनरात नभनी काम गरेको,संस्थाको हितका लागी रातीको १० बजेसम्म पनि काम गरेको, यति गर्दै जाँदा पनि कर्मचारी प्रति संस्था खुसी हुन नसकेको साथै संस्थाको हितमा काम गर्दै जाँदा पनि संस्थाबाट हुने दबाबले आत्महत्या गर्ने मनस्थितिमा पुगेको तर संस्थाबाट न्याय पाउने आस रहेकाले त्यस्तो निर्णय नलिएको ब्यहोरा सहितको स्पष्टीकरण पत्र यही माघ १७ गते केन्द्रीय कार्यालय तथा प्रमुख कार्यकारी अधिकृतलाई पठाए ।

शाखा प्रबन्धक शाहको उक्त स्पष्टीकरण पत्र पश्चात प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यही माघ २३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई जानकारी लिई सहयोग गरिदिने सम्बन्धमा पत्र पठाए ।

पत्रमा शाखा प्रबन्धक शाहले स्पष्टीकरण पत्रमा अनावश्यक निराधार कुरा उल्लेख गरी संस्थाका कर्मचारी भड्काउने गरि धम्कीपूर्ण जवाफ पेस हुन आएको र शाखा प्रबन्धक नवीन कुमार शाह मानसिक सन्तुलन ठिक नभएको अवस्था देखिन आएको भन्दै आवश्यक जानकारी लिई सहयोग गरिदिन प्रहरीलाई आग्रह गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पठाएको पत्रको बोधार्थ सहित शाखा कार्यालयमा उक्त प्राप्त भएपछि आफूलाई मानसिक सन्तुलन गुमाएको संज्ञा दिएको शाखा प्रबन्धक शाहले जानकारी पाएका थिए ।

आफुलाई मानसिक सन्तुलन गुमाएको संज्ञा दिई प्रहरीलाई पत्राचार गरेको थाहा पाएसँगै शाखा प्रबन्धक शाह आक्रोशित बनेका छन् । उनले आफूमाथि मानहानि भएको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

 

शाहको स्टाट्समा कमेन्ट गर्ने कर्मचारीलाई पनि स्पष्टीकरणको पत्र :-

माईक्रोफाइनान्समा काम गर्ने क्रममा संस्थाबाट पाइने दुःखका बिषयमा शाखा प्रबन्धक शाहले लेखेका स्टाट्समा कमेन्ट गर्ने कर्मचारीलाई समेत मेरो माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले स्पष्टीकरण मागेको छ ।

कुनै पनि संस्थाको नाम उल्लेख नगरी शाखा प्रबन्धक शाहले लेखेको स्टाट्समा कमेन्ट गर्ने वरिष्ठ सहायक सुशील श्रेष्ठलाई संस्थाले स्पष्टीकरण मागेको हो ।

शाखा प्रबन्धक शाहले फेसबुकमा लेखेको स्टाट्समा संस्थाको बिनियमावली प्रतिकुल हुने गरि थप उत्तेजित गराउने गरि कमेन्ट गरि अनुशासनहीन कार्य गरेको भन्दै कार्वाहि गर्नु पर्ने कारण भए ३ दिन भित्र चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले पत्राचार गरेका हुन् ।

यस बिषयमा जानकारी लिन प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाललाई टेलिफोन गर्दा सम्पर्क हुन सकेन भने कार्यालयमा सम्पर्क गर्दा कर्मचारीले उनी कार्यालय बाहिर रहेको प्रतिक्रिया दिएका छन् ।


क्याटेगोरी : अर्थ-वाणिज्य, पश्चिम खोज, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode