Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

युवालाई स्वरोजगारको अवसर

बान्नीगढीमा अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी प्रस्ताव आह्वान


बान्नीगढीमा अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी प्रस्ताव आह्वान

बान्नीगढी जयगढ गाउँपालिकाले अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागि प्रस्ताव पेस गर्न सूचना जारि गरेको छ ।

पालिकाले आज एक सूचना जारि गर्दै पालिका अन्तरगतका प्रत्येक वडाहरूका युवाहरूलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको हो । गाउँपलिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम अनुसार अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले पालिकामा दर्ता भएका इच्छुक व्यवसायीहरूलाई प्रस्ताव पेस गर्न भनिएको छ ।

बिशेषगरि पालिका भित्रका समूह÷फार्म, कृषक तथा व्यवसायीहरूले अबको १५ दिन भित्र तोकिएको ढाँचा अनुसार आवेदन पेस गर्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहदुर रावलले जारि गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

आरन संचालन अनुदान सहायताका लागी २ जना, व्यवसायीक बाख्रा पालक कृषक अनुदान सहायताका लागी १६ जना, व्यवसायीक भैँसी पालक कृषक अनुदान सहायता अन्तरगत १३ जनालाई अनुदान प्रदान गरिने छ ।

यसैबिच स्थानीय कुखुरा पालन प्रवर्द्धन अनुदान कार्यक्रमका लागी १ जना, नमुना बाख्रा फार्म निर्माण ३ जना, हेयर कटिङ तालिम संचालन गरिने पालिकाले जनाएको छ । विसतृत जनकारीको लागि पशु सेवा शाखामा सम्पर्क गर्न सकिने छ ।


क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode