Hikmat Acharya
  • ५ जेठ २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

युवालाई स्वरोजगारको अवसर

बान्नीगढीमा अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागी प्रस्ताव आह्वान


बान्नीगढी जयगढ गाउँपालिकाले अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका लागि प्रस्ताव पेस गर्न सूचना जारि गरेको छ ।

पालिकाले आज एक सूचना जारि गर्दै पालिका अन्तरगतका प्रत्येक वडाहरूका युवाहरूलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको हो । गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७९÷८० को स्वीकृत कार्यक्रम अनुसार अनुदान कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले पालिकामा दर्ता भएका इच्छुक व्यवसायीहरूलाई प्रस्ताव पेस गर्न भनिएको छ ।

बिशेषगरि पालिका भित्रका समूह÷फार्म, कृषक तथा व्यवसायीहरूले अबको १५ दिन भित्र तोकिएको ढाँचा अनुसार आवेदन पेस गर्न गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावलले जारि गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

आरन संचालन अनुदान सहायताका लागी २ जना, व्यवसायीक बाख्रा पालक कृषक अनुदान सहायताका लागी १६ जना, व्यवसायीक भैँसी पालक कृषक अनुदान सहायता अन्तरगत १३ जनालाई अनुदान प्रदान गरिने छ ।

यसैबिच स्थानीय कुखुरा पालन प्रवर्द्धन अनुदान कार्यक्रमका लागी १ जना, नमुना बाख्रा फार्म निर्माण ३ जना, हेयर कटिङ तालिम संचालन गरिने पालिकाले जनाएको छ । विस्तृत जानकारीको लागि पशु सेवा शाखामा सम्पर्क गर्न सकिने छ ।


क्याटेगोरी : व्यापार/प्रर्वद्धन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode