Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

समृद्दिको यात्रामा मेल्लेख

विगतका राम्रा कामलाई अनुसरण गर्दै समृद्ध मेल्लेख बनाउने गाउँपालिकाका अध्यक्ष साउँदको उद्घोष (कुराकानी सहित)


मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले विगतका राम्रा कामको अनुसरण गर्दै समृद्ध मेल्लेख बनाउन लागी पर्ने उद्घोष गरेका छन् ।

रेडियो बान्नीगढीको बान्नीगढी विशेषमा कुराकानी गर्दै उनले यस अघिको सरकारले गरेका राम्रा कामको अनुसरण गर्दै मेल्लेख गाउँपालिकाकालाई समृद्ध बनाउन लागी पर्ने उद्घोष गरेका हुन् ।

गाउँपालिकाका प्रत्येक नागरिकलाई स्थानीय सरकारको प्रत्याभूत हुने गरि विकास निर्माण र नीति निर्माण तथा कार्यान्वयनमा लागी पर्ने उनको भनाई छ ।

गाउँपालिकाका प्रत्येक वडामा बाह्रै महिना सडक संचालन,सबै वडामा राष्ट्रिय बिद्युत लाई बिस्तार गुणस्तरीय स्वास्थ्य,शिक्षा सेवा प्रदान गर्ने दायित्व गाउँपालिका सरकारको प्रमुख प्राथमिकतामा रहने अध्यक्ष साउँदले बताएका छन् ।

सर्वसाधारणको सहजताका लागी सञ्चालनमा ल्याइएका गाउँपालिकाका सार्वजनिक बसको उचित व्यवस्थापन,ग्राम उद्योग मार्फत स्थानीयलाई गाउँ ठाउँमै स्वरोजगारी गर्ने कामलाई पनि प्राथमिकतामा राखी आवश्यक कामहरू गरिने उनको भनाई छ ।

गाउँपालिकाको ग्राम उद्योग मार्फत स्वरोजगार प्रदान गर्न २ करोड बजेट विनियोजन गरिएको बताउँदै उनले लगानी अनुसार उचित प्रतिफल पाउनेमा विश्वस्त रहेको बताएका छन् ।

उनका अनुसार वडा नम्बर २ मा अल्लोका लुगा,सिस्नु प्रशोधन,ठाँटीमा आधुनिक काठका भाँडाकुँडा,नन्देगडामा साबुन निर्माण लगायतका कामहरू भईरहेको छन् ।

गाउँपालिकामा रहेको आधारभूत अस्पताल मार्फत सुत्केरी महिलाहरूको निःशुल्क भिडियो एक्स रे सेवा,सर्वसुलभ स्वास्थ्य परीक्षण सेवासँगै स्थानीय उत्पादनको उचित बजारीकरणका लागी आवश्यक कामहरू अगाडी बढाइने उनले बताएका छन् ।

शिक्षाको गुणस्तर वृद्धि गर्न आवश्यक नीति तथा बजेटको व्यवस्था गर्नुका साथै कृषि क्षेत्रका सम्भावनालाई उजागर गर्दै युवाहरूलाई गाउँ ठाउँमै स्वरोजगारको वातावरण सिर्जना गर्न गाउँपालिका सरकार तत्पर रहने उनले प्रतिबद्धता जनाएका छन् ।

गाउँपालिकामा रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको उचित सदुपयोग गरि पर्यटन र धार्मिक क्षेत्र मार्फत पनि गाउँपालिकालाई चिनाउने गरि आवश्यक काम गर्ने अध्यक्ष साउँदको योजना रहेको छ ।

कुराकानी :-


क्याटेगोरी : Podcast, भिडीयो, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode