Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

घुघुरकोटको महतागाउँमा हुने महायज्ञको तयारी सुरु


एकेन्द्र महता :- साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको महतागाउँमा संचालन हुन लागेको श्रीमद् भागवत (पितृ उद्धारक) सप्ताह ज्ञान महायज्ञ–२०७९ को बैठक सम्पन्न भएको छ ।

अध्यक्षता गोरख बहादुर महताको अध्यक्षतामा भएको बैठकले आगामी फागुन १७ देखि २३ गते सम्म संचालन हुन गई रहेको सप्ताह ज्ञान महायज्ञको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएका छन् ।

आर्थिक समिति संयोजक भरत बहादुर महता, सदस्यमा भुपेन्द्र महता, गोरख बहादुर महता, केशव महता, नरेन्द्र ठकुल्ला, प्रेम सिंह महता, कृति सिंह महता, महोन ठकुल्ला हस्त बहादुर महता, गगन ठकुल्ला, हर्क महता, प्रेम बहादुर महतालाई चयन गरिएको छ ।

प्रचार–प्रसार समितिको संयोजक एकेन्द्र महता, मण्डल निर्माण कलश यात्रा तथा सांस्कृति व्यवस्थापन समितिको संयोजक गोरख महता, अतिथि ब्राह्मण सत्कार तथा आवास व्यवस्थापन समिति संयोजक भुपेन्द्र बहादुर महता, सामाग्रि खरिद तथा व्यवस्थापन समिति संयोजक रबिन्द्र बहादुर महतालाई चयन गरिएको छ ।

यस्तै पैदल मार्ग तथा पुष्प व्यवस्थापन समिति संयोजक बसन्ती ठकुल्ला महता, भोजन निर्माण तथा प्रसाद प्रदान समिति संयोजक सुरत बहादुर महता, भण्डार समिति संयोजक गोरख बहादुर महता, स्वयम सेवक समिति संयोजक राजेन्द्र बहादुर महतालाई चयन गरिएको जनाईएको छ ।

श्रीमद् भागवत पितृ उद्धारक सप्ताह ज्ञान महायज्ञ–२०७९ का मुल कथा वाचक प्रा.डा. देवेन्द्र प्रसाद भट्ट दीप्तले कथा वाचन गर्ने आयोजकले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode