Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिको वैठक सम्पन्न 


वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी, वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण ढकालको अध्यक्षतमा वैठक सम्पन्न भएको छ । वैठकले फागुन ६ गते महाशिवरात्री पर्व मनाउने निर्णय भएको छ ।

यस्तै वैठकले फागुन ६ गते नियत्यपूजा प्राप्त आरती, पुष्पाञ्जली गर्ने, विहान ५ वजेदेखि दर्शनार्थीका लागि पूर्वी, उत्तरी र दक्षिणी तीन वटै ढोका खुल्ला गर्ने निर्णय गरेको छ ।

विहान ५ वजेदेखि ७ वजेसम्म नित्य रुद्राभिषेक कार्यक्रम, विहान ११ वजेर २० मिनेटमा सशस्त्र प्रहरी वल नेपाल नम्बर ४९ गुल्मद्धारा सलामि अर्पण तथा वढाई कार्यक्रमको आयोजना, साँझ ५ वजे पर्गला चढाउने, राती ७ वजे मन्दिरको मूलढोका वन्द गर्ने निर्णय भएको छ ।

महाशिवरात्री पर्वमा शान्ति सुरक्षाको व्यवस्थाको लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने, प्राथमिक उपचारको लागि साँफेबगर नगरपालिका, वयलपाटा अस्पताल र वडा नम्बर १ वैजनाथलाई आग्रह गर्ने लगायतका निर्णय गरेको वैद्यनाथ वेद विद्याश्रमको प्रार्चाय देवराज उपाध्यायले जानकारी दिनुभएको छ ।

यस्तै महाशिवरात्री पर्वको व्यवस्थापन वैद्यनाथ क्षेत्र विकास संस्थाले गर्नेछ । शिवरात्री पर्वलाई सफल पार्नको लागि वडा नम्बर १ वैजनाथ र वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिसँग समन्वय गर्ने निर्णय समेत भएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode