Techie IT
  • २७ मंसीर २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिको वैठक सम्पन्न 


वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिको वैठक सम्पन्न 

वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिको वैठक सम्पन्न भएको छ ।

अछामका प्रमुख जिल्ला अधिकारी, वैद्यनाथ क्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण ढकालको अध्यक्षतमा वैठक सम्पन्न भएको छ । वैठकले फागुन गते महाशिवरात्री पर्व मनाउने निर्णय भएको छ ।

यस्तै वैठकले फागुन ६ गते नियत्यपूजा प्राप्त आरती, पुष्पाञ्जली गर्ने, विहान ५ वजेदेखि दर्शनार्थीका लागि पूर्वी, उत्तरी र दक्षिणी तीन वटै ढोका खुल्ला गर्ने निर्णय गरेको छ ।

विहान ५ वजेदेखि ७ वजेसम्म नित्य रुद्राभिषेक कार्यक्रम, विहान ११ वजेर २० मिनेटमा सशस्त्र प्रहरी वल नेपाल नम्बर ४९ गुल्मद्धारा सलामि अर्पण तथा वढाई कार्यक्रमको आयोजना, ाँ ५ वजे पर्गला चढाउने, राती ७ वजे मन्दिरको मूलढोका वन्द गर्ने निर्णय भएको छ ।

महाशिवरात्री पर्वमा शान्ति सुरक्षाको व्यवस्थाको लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने, प्राथमिक उपचारको लागि साँफेबगर नगरपालिका, वयलपाटा अस्पताल र वडा नम्बर १ वैजनाथलाई आग्रह गर्ने लगायतका निर्णय गरेको वैद्यनाथ वेद विद्याश्रमको प्रार्चाय देवराज उपाध्यायले जानकारी दिनुभएको छ ।

यस्तै महाशिवरा्री प्वको व्यवस्थापन वैद्यनाथ क्षेत्र विकास संस्थाले गर्नेछ । शिवरात्री पर्वलाई सफल पार्नको लागि वडा नम्बर १ वैजनाथ र वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिसँग समन्वय गर्ने निर्णय समेत भएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode