Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

नवठानाको विकासका लागी प्रतिबद्ध छु : वडा अध्यक्ष कुँवर (कुराकानी सहित)


साँफेबगर नगपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मक्कर बहादुर कुवरले वडाको भौतिक तथा पूर्वाधार विकासका लागी आवश्यक काम गरिरहेको बताएका छन् ।

वडामा रहेको बिभिन्न ग्रामीण सडकहरूको मर्मत सम्भार,खानेपानी लगायतका भौतिक तथा पूर्वाधार विकासका लागी आवश्यक काम गरिरहेको उनले बताएका हुन् ।

वडाको विकासका लागी यस आर्थिक वर्षमा विनियोजित बजेट कार्यान्वयनको कार्य अघि बढेको पारदर्शी रुपमा विकास निर्माणका कार्य पुरा गर्न लागी परेको उनको भनाई छ ।

भूकम्पले क्षति पुर्‍याएका बिभिन्न घर टहराहरूको अनुगमन राहत वितरणका लागी बिभिन्न प्रयासहरू भईरहेको समेत उनले जानकारी दिएका छन् । स्वास्थ्य,शिक्षा,कृषि लगायतका क्षेत्रहरूमा बजेट विनियोजनका लागी आवश्यक पहल तथा छलफल भईरहेको उनको भनाई छ ।

यसै बिच आज हामीले वडाको विकास निर्माणका बिषयमा साँफेबगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मक्कर बहादुर कुँवरसँग कुराकानी गरेका छौँ ।

कुराकानी : मक्कर कुँवर


क्याटेगोरी : Podcast, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode