Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

विश्व क्यान्सर दिवस

अछाममा क्यान्सरको अवस्था भयावह : क्यान्सरबाट बच्न डाक्टर गौचनको यस्तो छ सुझाव


आज ४ फेब्रुअरी अर्थात् विश्व क्यान्सर दिवस : नेपालमा पनि बिभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ ।

पीडितको सङ्ख्यालाई हेर्दै २३ वर्षयता संसारभर आजको दिन क्यान्सर दिवस मनाउने गरिएको छ ।

क्यान्सर रोग नियन्त्रणमा सरकार र नागरिकलाई जागरूक गराउने उद्देश्यले हरेक वर्ष ४ फेब्रुअरीमा मनाइने यो दिवसलाई अघिल्लो वर्ष र यस वर्ष ‘क्लोम द केयर ग्याप’ अर्थात् हेरचाहमा हुने असमानता अन्त्य गरौँ भन्ने नारा दिइएको छ ।

क्यान्सरका कुनै पनि बिरामीले हेरचाहमा कुनै खाले विभेद झेल्नु नपरोस् भन्ने नाराको आशय छ । यो नाराले आगामी ४ फेब्रुअरी २०२४ सम्म निरन्तरता पाउनेछ । विश्व क्यान्सर दिवस मनाउनुको मुख्य उद्देश्य संसारभर सरकार र व्यक्तिलाई यो रोगविरुद्ध एकजुट भएर लाग्न जागरूक गर्नु हो ।

विश्व स्वास्थ्य संगठन who ले सन् २०१३ देखि २०२० सम्मको स्थितिलाई अध्ययन गरी तयार गरेको रिपोर्टअनुसार संसारमा हरेक वर्ष १ करोड ४१ लाख क्यान्सरका नयाँ रोगी थपिन्छन् । अनि प्रत्येक वर्ष ८२ लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेको who को तथ्याङ्कले देखाउँछ ।

यसै बिच अछाममा पनि क्यान्सर रोग भयावह अवस्थामा रहेको पाइएको छ । जिल्ला अस्पताल र बयालपाटा अस्पतालका अनुसार जिल्लामा क्यान्सर रोगका थुप्रै सङ्क्रमित रहेका छन् । भने बर्सेनि ४,५ जनाले ज्यान समेत गुमाउने गरेका छन् ।

अछामको हकमा महिलाहरूमा बिशेषगरि पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको स्वास्थ्यकर्मीको भनाई छ । सुर्तीजन्य पदार्थ र मदिराको सेवनका कारणले मात्र क्यान्सरको सङ्क्रमण हुने नभई जीवनशैलीमा ध्यान नदिँदा क्यान्सरको सिकार भइने डाक्टर विकास गौचनले बताएका छन् ।

गण्डकी प्रादेशिक सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर गौचनका अनुसार परिवारका अघिल्ला पुस्तामा क्यान्सर रोगको सङ्क्रमण भएमा जिन अनुसार पनि क्यान्सरको सङ्क्रमण हुन सक्छ ।

क्यान्सरको सङ्क्रमण भए पश्चात् बिभिन्न लक्षणहरू देखिने र लक्षणहरू देखिनासाथ यसको पहिचान गर्न सके प्रभावकारी उपचार गर्न सकिने समेत उनको भनाई छ ।

क्यान्सर रोग लाग्नुका कारण, यसबाट बच्ने उपायबारे गण्डकी प्रादेशिक सङ्क्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचनसंग गरिएको कुराकानी :-


क्याटेगोरी : Podcast, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode