Techie IT
  • २६ मंसीर २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा विश्वासको मत लिने समय घर्किँदै,नागरिक उन्मुक्ति चिढिएपछि थप समस्या


सुदूरपश्चिममा विश्वासको मत लिने समय घर्किँदै,नागरिक उन्मुक्ति चिढिएपछि थप समस्या

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले अहिलेसम्म विश्वासको मत लिएका छैनन् । पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।

तर, सत्ता गठबन्धन भित्रै रहेको नागरिक उन्मुक्तिको अडानले विश्वासको मत लिने मिति निर्धारण हुन नसकेको हो । विश्वासको मतबारे अनिर्णय भएको नागरिक उन्मुक्ति पार्टी अहिले आफ्ना सांसदलाई पक्राउ गरेपछि थप चिढिएको छ ।

कैलाली २ बाट निर्वाचित अरुण चौधरीलाई प्रहरीले १९ गते बाँकेबाट पक्राउ परेको थियो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतले अरुण चौधरीसित तीन जनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिनाको कैद भुक्तान गरेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेर १९ गते कैलाली जिल्ला अदालतमा बुझायो । अहिले चौधरी कारागार चलान भइसेका छन् ।

नागरिक उन्मुक्तिले २२ गते सम्म आफ्ना सांसद रिहा नभए सरकारलाई विश्वासको मत दिने नदिने भन्ने बिषयमा निर्णायक निर्णय गर्ने जनाएको छ । सरारसँ सहमति भइसकेको विषयमामा पनि आफ्ना सांसदलाई पक्राउ गरेको भन्दै अब सरकारलाई दिएको समर्थन फिर्ता लिने र विश्वासको मतका बिषयमा ठोस कदम चालिने सुदूरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए ।

‘हामीले सरकारलाई समर्थन गरेका थियौँ तर, सरकारले १० बुँदे सहमति विपरीत हाम्रो माननीयलाई पक्राउ गरेको छ’ उनले भने ‘आज बिदा भयो भोली सम्म रिहा नगरे हामी समर्थन फिर्ता लिने र विश्वासको नदिने बिषयमा सोच्न बाध्य हुने छौँ ।’

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यहाँ माओवादीका ११ (सभामुख सहित) एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् ।सरकारले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । नागरिक उन्मुक्तिले समर्थन गर्दा २९ र नगर्दा २२ मत मत हुन्छ । बराबर मत नहुँदा सम्म सभामुखले मत दायर गर्न पाउँदैनन् । यस्तो अवस्थामा सत्ता गठबन्धनको मत २१ मात्रै हुने सम्भावना बढी रहन्छ ।

तर, नागरिक उन्मुक्तिले अहिले सम्म मत नदिने भनेर निर्णय भने गरिसकेको छैन । उन्मुक्तिका शीर्ष नेताहरू अरुण चौधरीका बिषयमा सरकार लचक नभए त्यो निर्णय हुन सक्ने दाबी गर्छन् ।

— नेपाल प्रेसबाट


क्याटेगोरी : राजनीति, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode