Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

सरस्वती मा.वि.जयगढका शिक्षक स्वारको सम्मान सहित बिदाइ


सरस्वती माद्यामिक विद्यालय जयगढ अछाममा कार्यरत शिक्षक पूर्ण बहादुर स्वारलाई सम्मान सहित बिदाइ गरिएको छ ।

उमेर हदका कारण शिक्षण पेसाबाट अनिवार्य अवकाश पाएका स्वारको औपचारिक कार्यक्रमका बिच सम्मान सहित बिदाइ गरिएको हो ।

शिक्षण सेवामा ३१ बर्ष लामो योगदान पुर्‍याएका स्वारको सामाजिक जीवनको कामना गर्दै विद्यालय परिवारले उनलाई सम्मान सहित बिदाइ गरेको थियो ।

स्वारलाई सम्मान सहित बिदाइ गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुल बहादुर शेट्टिले योगदानको उच्च प्रशंसा गर्दै आगामी सामाजिक जीवन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सरस्वती माद्यामिक बिद्यालयको शैक्षिक उन्नति र प्रगतिका लागी अवकाश प्राप्त शिक्षक स्वारबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै प्रधानाध्यापक टेक बहादुर कुँवरले स्वारको योगदान प्रति विद्यालय सदैव ऋणी रहने बताएका थिए ।

विद्यालयमा कार्यरत शिक्षकहरूले स्वारलाई फुल माला,अबिर र दोसल्लाले सम्मान गर्दै बिदाइ गरेका थिए ।

विद्यालयबाट बिदाइ हुने क्रममा बोल्दै अवकाश प्राप्त शिक्षक स्वारले ससम्मान बिदाइ गर्ने विद्यालय परिवार,सहकर्मी लगायत सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode