Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

जयगढ बजारमा आगलागी : २ पसलमा गरि आधा करोडको क्षति


बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा आगलागी हुँदा आधा करोडको क्षति भएको छ ।

बिहीबार राती जयगढ रोड बजारमा रहेको दिनेश अटो पार्टस् र बर्दादेवी सप्लायर्समा आगलागी हुँदा आधार करोडको क्षति भएको हो ।

राती करिब सवा ९ बजे तिर दिनेश अर्को पार्टसबाट सुरु भएको आगो बर्दादेवी सप्लायर्सको गोदाममा समेत सल्किएको थियो । ब

आगलागीबाट दिनेश अटो पार्टसमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट हुँदा १२ लाख बरावरको क्षति भएको छ भने बर्दादेवी सप्लायर्सको गोदाममा आगलागी हुँदा ३८ लाख बराबरको क्षति भएको बताईएको छ ।

आगो करिब एक घण्टामा नियन्त्रणमा लिइएको थियो । बिद्युत सर्ट भएर आगलागी भएको देखीएको प्रहरी चौकी जयगढले बताएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode