Techie IT
  • १४ मंसीर २०८०, बिहीबार
  • काठमाडौं
Paschim Raibar

जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तुर्माखाँदमा हुने


तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.ले आगामी अछाम जिल्ला स्तरीय १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तुर्माखाँदमा हुने उद्घोष गरेका छन् ।

बुधवार अछामको तुर्माखाँद स्थित श्री कालिकेश्वरी मा.वि.को खेल मैदानमा सञ्चालन भएको  तुर्माखाँद गाउँपालिका स्तरीय अन्तर माध्यामिक बिद्यालयको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो उद्घोष गरेका हुन् । 

कार्यक्रममा प्र्रमुख अतिथि समेत रहेको गाउँपालिका अध्यक्ष बि.सी.ले खेल क्षेत्रको बिस्तारका लागी तुर्माखाँद गाउँपालिकाले आगामी दिनहरूमा खेल र खेलाडीहरू को संरक्षणका लागी बजेटको अभाव हुन नदिने गरि  काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरूलाई प्रोत्साहन गर्दै उनले अनुशासित भएर विचलित नभई खेलमा सहभागी हुन आग्रह गरेका छन् । 

प्रतियोगितामा सही रुपमा आफ्नो खेल क्षमता प्रदर्शन गरि जिल्ला हुँदै राष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुनका लागी उनले खेलाडीहरूलाई शुभकामना समेत व्यक्त गरेका थिए । 

वडा नम्बर ४ का वडा अध्यक्ष पदमबहादुर बि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि तुर्माखाँद गाउँपालिका उपाध्यक्ष विमला शाही,पूर्व पालिका उपाध्यक्ष अमृता बुढा,प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही विशिष्ट अतिथि रहेका थिए ।


क्याटेगोरी : खेलकुद, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!