Hikmat Acharya
  • १२ साउन २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

ढकारीमा राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीता : यसो भन्छन् गाउँपालिका अध्यक्ष साउँद (भिडियो सहित)


१३ औँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता ढकारी गाउँपालिकामा सुरु भएको छ ।

राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गतका बिभिन्न खेलका लागी खेलाडी छनोट गर्न प्रतियोगिता सुरु भएको हो ।

गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख खडकराज अधिकारीको अध्यक्षतामा सुरु भएको प्रतियोगीताको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश साउँद प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साउँदले खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन नसकेको बताएका छन् ।

ढकारी गाउँपालिकामा खेलकुद क्षेत्रको विकासका लागी आवश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै खेलाडिको उचित व्यवस्थापन गर्ने समेत उनले उद्घोष गरेका छन् ।

गाउँपालिकामा खेलमैदानको उचित व्यवस्थापनको अभाव रहेको स्वीकार गर्दै उनले आगामी बर्ष खेल मैदानको व्यवस्थापन तथा रङ्गशाला निर्माणका लागी आवश्यक पहल गर्ने उनको भनाई छ ।

खेलकुद क्षेत्रमा राम्रो सम्भावना भएका खेलाडीहरू समेत व्यवस्थापनको अभावमा ओझेलमा पर्ने गरेको बताउँदै उनले ढकारी गाउँपालिकाका खेलाडीहरूको व्यवस्थापनमा कञ्जुस्याँइ नगर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति द्वारिका प्रसाद उपाध्याय,निवर्तमान गाउँपालिका अध्यक्ष धन बहादुर बुढा,उपाध्यक्ष नेत्रकला देवी शाही विशिष्ट अतिथि रहेको थिए ।


क्याटेगोरी : Podcast, खेलकुद, भिडीयो, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode